Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी

लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी

  • मंगलवार, श्रावण १७ २०७९

  • 726
    SHARES

  • लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउने तयारी गर्नुभएको छ । 
     
    सरकारले संसदबाट नागरिकता ऐन पारित गराएपछि लोसपा सरकारमा जान सकारात्मक भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुर निकट एक नेताका अनुसार सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति बनेको छ ।
     
    ‘सरकारमा जाने भन्ने भइसकेको छ ।आज–भोलिमा नै जाने भनी ठ्याक्कै भन्ने अवस्था छैन’, उनले भने, ‘हामीले उठाएको प्रमुख मुद्दा नागरिकता विधेयक हो । राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा छ ।’
     
    लोसपाले सरकारमा जानका लागि नागरिकता विधेयक पारित, कार्यकर्तालाई लगाइएको झुटा मुद्दा फिर्ता लगायतको सर्त राखेको थियो । 
     
    ‘महोत्तरी र कैलालीको टीकापुरमा लोसपाका नेता कार्यकर्तालाई झुटा मुद्दा लगाएर थुनामा छन् । सर्वोच्चमा विचाराधीन रहेकालाई केही गर्न सकिने भएन’, लोसपा नेता भन्छन्,‘फिर्ता लिन सकिने मुद्धाहरुका बारेमा प्रधानमन्त्रीसँग छलफल भइरहेको छ ।’
     
    लोसपाले सरकारमा सहभागी हुनका लागि कम्तीमा दुई मन्त्रालयको माग गरेको छ । थप एक राज्यमन्त्री पनि लोसपाको माग छ । 
     
    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्का सदस्यहरूको जिम्मेवारी हेरफेर गर्ने जानकारी पनि आफ्नो पार्टीलाई दिएको उनले बताए । 
     
    प्रधानमन्त्री देउवाले सक्रियता जति छिटो देखाउन सके त्यति नै छिटो लोसपा सरकारमा सहभागी हुने लोसपाका नेताहरूको भनाइ छ ।


    मंगलवार, श्रावण १७ २०७९०१:३४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij