Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण 

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण 

  • मंगलवार, श्रावण १७ २०७९

  • 922
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारको ध्यानाकर्षण 
    काठमाडौं । संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेको छ ।   इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पछिल्लो १५ दिनमा २ पटक पेट्रोलमा ३२.५६ रुपैयाँ र डिजेलमा २९.१ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्याँसमा ७७ रुपैयाँ प्रतिसिलिण्डर मूल्य घटाउँदा पनि नेपाल आयल निगमले घाटा पूर्तिको बहानाबाजी गर्दै मूल्य नघटाएको भन्दै अनेरास्ववियुले सरकारको ध्यानाकर्षण गराएको हो । 
     
    मंगलबार(आज) एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको अवस्था पनि आयल निगम जनतालाई महँगीको भारी बोकाउन लागि परेको आरोप लगाएको छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएको पेट्रोलियम पदार्थमा निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्य राखी मूल्य समायोजन नगरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ । 
     
    ‘विगतमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गरिब जनताको चुल्हो बल्न कठिन भइरहेको अवस्था छ, अत्यावश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिएको छ, देशमा राज्य छ कि छैन भन्ने अवस्था छ।  मूल्य समायोजनको बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने, तर घट्दा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त रहेको छ,’ अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
     
    पेट्रोलियम पदार्थमा यथाशीघ्र मूल्य समायोजन नभए आन्दोलनमा उत्रिने अनेरास्वियुको चेतावनी छ । 
     
    ANFSU_release.jpg


    मंगलवार, श्रावण १७ २०७९१२:३८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij