Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लकडाउनले आपूर्ती व्यवस्थामा कुनै समस्या छैन : महानिर्देशक सुवेदी

लकडाउनले आपूर्ती व्यवस्थामा कुनै समस्या छैन : महानिर्देशक सुवेदी

  • बिहिवार, भाद्र ११ २०७७

  • 1.0K
    SHARES

  • लकडाउनले आपूर्ती व्यवस्थामा कुनै समस्या छैन : महानिर्देशक सुवेदी

    काठमाडौं । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले लकडाउनको कारण आपूर्ती व्यवस्थापनमा कुनै समस्या नरहेको बताउनुभएको छ । नेपाली रेडियो नेटकर्कको कार्यक्रम अर्थ सम्वादमा पत्रकार टि.पी.भुसालसंग कुरा गर्दै सुवेदीले सरकारले अत्यावश्यक वस्तुको आयात जारी राखेको र आन्तरिक उत्पादनलाई वितरणको चेनमा समावेश गरेकाले खासै समस्या नरहको बताउनुभयो ।

    महामारीको समयमा सहज परस्थिती जस्तो नहुने नभएपनि कुनै पनि खाद्य वस्तुको अभाव हुन नदिन सबै तयारी र सोही अनुरुप कामहरु भइरहको उहाँले जानकारी दिनुभयो । विभागले लकडाउन र महामारीको समयमा कालो बजारी तथा कार्टेलिङ नहोस भनेर निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उहाँले यो आर्थिक वर्ष भित्रै कालो बजार िगर्ने विभिन्न व्यापारीक प्रतिष्ठानलाई कारबाही गरि ४० लाख रुपैया भन्दा बढिको जरिवाना गरिसकिएको जानकारी दिनुभयो ।

    यो सयममा कालोबजारी नहोस भनेर विभाग देखि विभाग मातहतका देशै भरीका पाँच वटा कार्यालय र पछिल्लो समय ७७ वटे जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई समेत अधिकार प्रत्यायोजन गरि अनुगमन र कारबाहीको काम भइरहेको समेत बताउनुभयो ।

    दुर्गम जिल्लामा खाद्यान्न अभाव नहोस भनेर विभागले खाद्यान्न आपूर्तीलाई निरन्तरता दिएपनि बाजुरा लगायतका केही जिल्लामा सडक यातायात अवरुद्ध भएकोले केही समस्या देखिएका बताउनु भयो । त्यहाँ पनि हेलिकोप्टर देखि अन्य वैकल्पिक उपाय अपनाएर खाद्य आपूर्तीको प्रयास भईरहको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो ।

    महानिर्देशक सुवेदीसँग गरिएको कुराकानी यहाँ क्लिक गरेर सुन्न सकिनेछ ।

     

     

     


    बिहिवार, भाद्र ११ २०७७१२:५९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij