Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

धरानका मेयर साम्पाङको कार्यकक्षमा तोडफोड

धरानका मेयर साम्पाङको कार्यकक्षमा तोडफोड

  • सोमवार, श्रावण १६ २०७९

  • 1.5K
    SHARES

  • धरानका मेयर साम्पाङको कार्यकक्षमा तोडफोड
    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ।  सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेको समूहले आइतबार कार्यकक्षमा तोडफोड गरेका हुन्।
     
    धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताको निशानामा साम्पाङ परेका हुन्।
     
    घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रक्रिया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन्।
     
    ‘म पीडितको पक्षमा उभिँदा, छानबिन प्रक्रिया अघि बढाउन चाहँदा सबै प्रक्रिया बिथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरूलाई के भन्नु हुन्छ, अब यसरी पीडितले न्याय पाउलान्’? साम्पाङले लेख्नुभएको छ ।
     
    उहाँले तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको छ।


    सोमवार, श्रावण १६ २०७९०२:१२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij