Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी बिग्रिएकाले पदाधिकारी छान्न धौ धौ भयो : कृष्णबहादुर महरा

माओवादी बिग्रिएकाले पदाधिकारी छान्न धौ धौ भयो : कृष्णबहादुर महरा

  • आइतवार, श्रावण १५ २०७९

  • 788
    SHARES

  • माओवादी बिग्रिएकाले पदाधिकारी छान्न धौ धौ भयो : कृष्णबहादुर महरा
    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी चयन गर्न धौ धौ परेको बताएका छन् ।
     
    प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले माओवादी पार्टीले जनता बिर्सँदै गएका कारण पार्टी व्यवस्थापनमा समस्या परेको बताउनुभयो ।
     
    ‘हामीले जनता बिर्सियौँ । सहर ताक्न थाल्यौँ । पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौँ । हामीलाई अहिले पदमात्रै चाहिएको छ । त्यसैले पदाधिकारी छान्न हामीलाई धौ धौ भइरहेको छ’, महराले भन्नुभयो ।
     
    उहाँले पार्टी बिग्रिएको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै पार्टी सुधारका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । 
     
    नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘विद्रोहका नाममा बन्दुक बोक्ने बेला यो होइन । अहिले कलम चलाउने बेला हो ।’


    आइतवार, श्रावण १५ २०७९०४:३८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij