Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जिल्ला सभापतिलाई देउवाको निर्देशन : चुनाव घोषणा हुँदैछ, तयारीमा लाग्नुस्

जिल्ला सभापतिलाई देउवाको निर्देशन : चुनाव घोषणा हुँदैछ, तयारीमा लाग्नुस्

  • आइतवार, श्रावण १५ २०७९

  • 687
    SHARES

  • जिल्ला सभापतिलाई देउवाको निर्देशन : चुनाव घोषणा हुँदैछ, तयारीमा लाग्नुस्
    काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । 
     
    भक्तपुरका सभापति दुर्लभ थापाले भन्नुभयो, ‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । सभापतिज्यूले अहिले भेला नगर्न भन्नुभयो ।’ १४ औं महाधिवेशनपछि नयाँ जिल्ला कार्यसमिति आएको भन्दै उनीहरूले पदाधिकारीको भेलाका गर्न योजनामा थिए । 
     
    तर देउवाले भेला र बैठकभन्दा पनि चुनावको तयारीमा जुट्न निर्देशन दिएको थापाले बताउनुभयो । देउवाले पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिन पनि निर्देशन दिएको थापाको भनाइ छ ।
     
    प्रधानमन्त्री देउवाले मंसिर ४ गतेका लागि निर्वाचनको मित तय गरिने सङ्केत दिनुभएको थियो ।  
     
    थापाका अनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्न सक्ने जनाइएको छ ।  


    आइतवार, श्रावण १५ २०७९०३:३२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij