Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अमेरिकी तल्लो सदनकी सभामुख पेलोसी एसिया भ्रमण गर्ने

अमेरिकी तल्लो सदनकी सभामुख पेलोसी एसिया भ्रमण गर्ने

  • आइतवार, श्रावण १५ २०७९

  • 473
    SHARES

  • अमेरिकी तल्लो सदनकी सभामुख पेलोसी एसिया भ्रमण गर्ने

    काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी अर्को हप्ता एसिया भ्रमणमा आउँदैछिन् ।

    भ्रमण अघि उनको कार्यालयले भ्रमणको विस्तृत तालिका सार्वजनिक गरेको छ, तर यस भ्रमणमा ताइवान भ्रमणको कुनै उल्लेख छैन।

    न्यान्सी पेलोसीको कार्यालयले भ्रमणको विस्तृत तालिकामा उनले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानमा अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताएको छ। यसअघि उनले यो भ्रमणका क्रममा ताइवानको भ्रमण गर्न सक्ने चर्चा थियो । यसैलाई लिएर चीन र अमेरिकाबीचको तनाव फेरि बढेको थियो ।

    चीनले अमेरिकालाई न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले नोक्सान बेहोर्ने चेतावनीसमेत दिएको थियो । चीनले पुरा शक्तिका साथ जवाफ दिने बताएको थियो । विगत केही वर्षमा धेरै अमेरिकी अधिकारीहरूले ताइवान भ्रमण गरेका छन् । तर विगत २५ वर्षमा कुनै पनि उच्चस्तरीय निर्वाचित नेताले ताइवानको भ्रमण गरेका छैनन्।

    यदि उनले ताइवानको भ्रमण गरेको भए, उनी १९९७ पछि त्यसो गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी नेता बन्ने थिइन्। चीनले स्वशासित ताइवानलाई आफ्नै प्रान्तको रूपमा हेर्छ। चीनले ताइवानलाई आफ्नो देशको एक हिस्सा हुनुपर्छ भन्ने विश्वास गर्दछ।


    आइतवार, श्रावण १५ २०७९०३:२८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij