Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नियम उलंघन गरेको भन्दै हिमाल हाइड्रोलाई नेप्सेले माग्यो ३ दिने स्पष्टीकरण

नियम उलंघन गरेको भन्दै हिमाल हाइड्रोलाई नेप्सेले माग्यो ३ दिने स्पष्टीकरण

  • आइतवार, श्रावण १५ २०७९

  • 850
    SHARES

  • नियम उलंघन गरेको भन्दै हिमाल हाइड्रोलाई नेप्सेले माग्यो ३ दिने स्पष्टीकरण
    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार रोक्का गरेको छ । कम्पनीसँग ३ दिने स्पष्टीकरण माग गर्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो ।
     
    गत शुक्रबार ११ बजे नेप्सेको कारोबार समयभित्र कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना शेयर धनीहरूलाई १ः०.७५ प्रतिशत हकप्रद शेयर दिने विशेष प्रस्ताव गरेको थियो । 
     
    धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विनियम २२(१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेको सूचनामा उल्लेख छ । 
     
    त्यस्तै धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पत्रको बुँदा नं. १० मा भएको व्यवस्था अनुसार संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधि सहितको जानकारी कम्तीमा ७ दिन अगाडी नेप्सेलाई दिनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा कम्पनीले उक्त सम्झौता समेत उलंघन गरेको भन्दै नेप्सेले ऐ. नियमावलीको विनियम १६(ख) मा भएको व्यवस्था अनुरूप कम्पनीको कारोबार रोक्का गरेको छ ।
     
    कम्पनीले के कति कारणबाट नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयर धनीहरूलाई हकप्रद शेयर दिने विशेष प्रस्ताव गरेको हो ? र शेयर धनी दर्ता किताबको सूचना के कति कारणबाट नेप्सेमा ७ (सात) दिन अगाडी जानकारी नदिएको हो ? ३ (तीन) कार्य दिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको हो ? सो सम्बन्धमा स्पष्टीकरण पेस गर्न अनुरोध गरेको छ ।
    nepse spasthikaran.jpg
     


    आइतवार, श्रावण १५ २०७९०२:४३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij