Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

उपमेयर चौधरीको नेतृत्वको टोलीद्वारा टरिगाउँ एयरपोर्टमा तालाबन्दी

उपमेयर चौधरीको नेतृत्वको टोलीद्वारा टरिगाउँ एयरपोर्टमा तालाबन्दी

  • आइतवार, श्रावण १५ २०७९

  • 697
    SHARES

  • उपमेयर चौधरीको नेतृत्वको टोलीद्वारा टरिगाउँ एयरपोर्टमा तालाबन्दी
    काठमाडौं । दाङको टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयले विमानस्थलमा तालाबन्दी गरेका छन्।
     
    उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यवसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन्।
     
    आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरी, तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसी लगायतको टोली एयरपोर्टमा पुगेको थियो।
     
    विसं २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा विमानमा इन्धन भर्न प्रयोग हुने बाउजर दाङ एयरपोर्टमा ल्याइएको थियो। त्यही बाउजर पनि फिर्ता लैजान थालेपछि सर्वसाधारणदेखि स्थानीय जनप्रतिनिधि, व्यवसायी सबै विरोधमा उत्रिएका हुन्।


    आइतवार, श्रावण १५ २०७९०१:५३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij