Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बाइडेन पुनः कोरोना संक्रमित

बाइडेन पुनः कोरोना संक्रमित

  • आइतवार, श्रावण १५ २०७९

  • 705
    SHARES

  • बाइडेन पुनः कोरोना संक्रमित

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना संक्रमण भएको छ ।

    पहिलोपटक संक्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् ।

    तीन दिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि संक्रमण भएको राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् । उनासी वर्षीय राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए ।

    संक्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ ।

    राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै बस्नेछन् ।


    आइतवार, श्रावण १५ २०७९०१:४७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij