Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरू आन्दोलित

धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरू आन्दोलित

  • आइतवार, श्रावण १५ २०७९

  • 601
    SHARES

  • धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरू आन्दोलित
    काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सेवा ठप्प पारेर विद्युतीय रिक्सा चालकहरू आन्दोलनमा उत्रिएका छन् ।
     
    सरकारले विद्युतीय रिक्सा चालक अनुमति पत्रको आवेदन पत्रको परीक्षा नखोलेको अवस्थामा ट्राफिक प्रहरीले दैनिक जरिवाना कटाउन थालेको भन्दै उनीहरू आन्दोलित भएका छन् ।
     
    चालकहरूले धनगढी उपमहानगरपालिका कार्यालय परिसरदेखि एलएन चोकसम्म रिक्साहरू लामबद्ध पारेर प्रहरी ज्यादतीविरुद्ध बिहानैदेखि एलएन चोकमा प्रदर्शन गरेका छन् ।
     
    यातायात व्यवस्था कार्यालयले अटो रिक्सा चालक अनुमति पत्रको आवेदन नखोल्ने तर लाइसेन्स नभएको भन्दै ट्राफिक प्रहरीले दैनिकजसो पाँच सय रुपैयाँदेखि १५ सय रुपैयाँ जरिवाना तिराउन थालेपछि आन्दोलन गर्न बाध्य भएको धनगढीको बोराडाँडीका अटो रिक्सा चालक देवराज अवस्थीले बताउनुभयो । 
     
    ट्राफिक प्रहरीले सास्ती दिन थालेपछि अटो चलाएर दैनिक आम्दानी हुने पाँच सय/हजार रुपैयाँ पनि जरिवाना तिर्न ठिक्क हुने गरेको अर्का सवारी चालक राजु तिरुवाले गुनासो गर्नुभयो ।
     
    धनगढीकै अर्का अटो रिक्सा चालक शेरबहादुर सिंहले लाइसेन्सको फारम भरेपनि परीक्षा नहुँदा हैरानी खेप्नुपरेको सुनाउनुभयो । पछिल्लो एक हप्तामा दैनिक पाँच सयका दरले ३ हजार ५०० जरिवाना तिरिसकेको उहाँको दाबी छ ।
     
    यस्तै विद्युतीय रिक्सा चालक सङ्घका अध्यक्ष मीनराज जोशीले धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने, शीघ्र चालक अनुमति पत्र (लाइसेन्स) वितरणको प्रक्रियामा जानुपर्ने माग राख्दै आन्दोलन गर्न परेको बताउनुभयो ।
     
    उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालयले माग सम्बोधन गर्न तयार नभए अनिश्चितकालीन आन्दोलनका कार्यक्रम ल्याउनेसमेत सङ्घका अध्यक्ष जोशीले चेतावनी दिनुभएको छ । 
     
    विद्युतीय रिक्सा चालक सङ्घले उठाएका मागबारे अहिले धनगढी उपमहानगरपालिका कार्यालयमा छलफल भइरहेको छ ।


    आइतवार, श्रावण १५ २०७९०१:३९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij