Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कर्नाटकमा आफ्नै सरकारविरुद्ध भाजपाका कार्यकर्ता आन्दोलित

कर्नाटकमा आफ्नै सरकारविरुद्ध भाजपाका कार्यकर्ता आन्दोलित

  • शनिवार, श्रावण १४ २०७९

  • 654
    SHARES

  • कर्नाटकमा आफ्नै सरकारविरुद्ध भाजपाका कार्यकर्ता आन्दोलित

    काठमाडौं । कर्नाटकको म्याङ्गलुरुमा भाजपा कार्यकर्ता प्रवीण नेत्तारुको हत्यापछि सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई मनाउन कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले आवश्यक परेको खण्डमा ‘योगी मोडल’ अपनाउन तयार रहेको बताएका छन् ।

    ‘उत्तर प्रदेशको स्थितिका लागि योगी ९आदित्यनाथ० सही मुख्यमन्त्री हुन् । त्यस्तै, कर्नाटकमा परिस्थितिसँग जुध्न विभिन्न विधि प्रयोग भइरहेको छ । आवश्यक परे कर्नाटकमा ‘योगी मोडल’ प्रयोग हुनसक्छ,’ मुख्यमन्त्री बोम्मईले भने ।

    प्रवीण नेताहरुको हत्यालाई लिएर भाजपा र राष्ट्रिय स्वयमसेवक संघका समर्थकहरू आफ्नै दलका मुख्यमन्त्री बोम्मईसँग निकै आक्रोशित देखिएका छन् । उनीहरु मुख्यत आफ्नै दलको सरकारले भाजपा कार्यकर्तालाई सुरक्षा दिन नसकेको भन्दै योगी मोडलको माग गरिरहेका छन् ।


    शनिवार, श्रावण १४ २०७९०५:३०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij