Sep 22 2026 | २०८३, आश्विन ६ गते

२०८३, आश्विन ६ गते
  • यो साता चर्चामा :
images

रामेछाप कांग्रेसका सभापति तामाङलाई बर्खास्त गर्न माग गर्दै १९ बुँदे आरोपत्र दायर

रामेछाप कांग्रेसका सभापति तामाङलाई बर्खास्त गर्न माग गर्दै १९ बुँदे आरोपत्र दायर

  • शुक्रवार, श्रावण १३ २०७९

  • 748
    SHARES

  • रामेछाप कांग्रेसका सभापति तामाङलाई बर्खास्त गर्न माग गर्दै १९ बुँदे आरोपत्र दायर
    काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध १९ बुँदे आरोपसहितको उजुरी कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दर्ता भएको छ ।
     
    निवर्तमान जिल्ला सभापति लवश्री न्यौपाने र पूर्व सभापति रामचन्द्र खड्काको नेतृत्वमा जिल्ला कार्यसमितिका बहुमत सदस्यहरूले जिल्ला सभापति तामाङलाई कारबाही गर्न माग गरेका हुन् ।
     
    असन्तुष्ट पक्षले तामाङविरुद्ध १९ वटा आरोप लगाएको छ । जसमा पार्टी सञ्चालनमा अलोकतान्त्रिक कार्यशैली अपनाएको, स्थानीय निर्वाचनमा सही भूमिका निर्वाह गर्न नसकेको, पार्टीका पुराना नेताहरूलाई अपमानजनक व्यवहार गरेको, पार्टी सदस्यता नभएकालाई टिकट दिएको, शुभेच्छुक संस्थाका अध्यक्षलाई विधान विपरीत कारबाही गरेको, जातीय सद्भावमा खलल पुर्‍याएको लगायतका आरोप रहेका छन् । सभापति तामाङलाई बर्खास्त गर्न असन्तुष्ट पक्षको माग छ ।
     
     
    तामाङमाथि कारबाही माग गर्नेमा पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, निवर्तमान सभापति लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधि अर्जुनकुमार केसी, बागमती प्रदेश सदस्य भीमसेन, उज्ज्वलराम घिमिरे, जिल्ला उपसभापति नवराज थोकर, सचिव विनोद कार्कीसहित दुवै प्रदेशसभाका क्षेत्रीय सभापति र जिल्लाका प्रभावशाली नेताहरू रहेका छन् ।
    ramechhap-congress-savapati.jpg


    शुक्रवार, श्रावण १३ २०७९०४:१६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij