Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सम्धी नियुक्ति विवादमा ईश्वर पोखरेलको जवाफ: ‘म ती सबैलाई चुनौती दिँदै घृणापूर्वक अस्वीकार गर्दछु’

सम्धी नियुक्ति विवादमा ईश्वर पोखरेलको जवाफ: ‘म ती सबैलाई चुनौती दिँदै घृणापूर्वक अस्वीकार गर्दछु’

  • बुधवार, भाद्र १० २०७७

  • 2.1K
    SHARES

  • सम्धी नियुक्ति विवादमा ईश्वर पोखरेलको जवाफ:  ‘म ती सबैलाई चुनौती दिँदै घृणापूर्वक अस्वीकार गर्दछु’


    काठमाडौँ – सम्धीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको विषयमा आलोचना चर्केपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो नाता पर्ने व्यक्तिले सम्बन्धको दुरुपयोग गरी लाभको पद नलिएको दाबी गरेका छन्।

    पोखरेलले आफूले पदीय हैसियतको दुरुपयोग गरी कुनै पनि नातेदारलाई पद नदिलाएको दाबी गरेका हुन्। 

    राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्र कोइराला नियुक्त भएपछि प्रकाशित प्रशारित समाचारप्रति खण्डन गर्दै पोखरेलले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन्।

    कोइरालालाई बुधबार सञ्चालक समितिको बैठक बसेर अध्यक्ष बनाउने तयारी भए पनि चौतर्फी विरोध भएपछि बैठक नै रोकिएको छ।

    पोखरेलले भनेका छन्, ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्। कहीँकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु।’

    पोखरेलका सम्धी कोइरालाले छैठौैंपटक उच्च तहको सरकारी नियुक्ति भाएपछि सत्तारुढ नेकपाभित्र र बाहिरबाट समेत चर्को विरोध भइरहेको छ।

    यस्तो छ पोखरेलले फेसबुकमा लेखेको वक्तव्य

    केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन्। ती समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

    मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन। भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् कहींकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु।

    यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु। मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकारगरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु।

    यस्तो विषयका कारण दुस्खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनै पनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु। विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको थियो।

    अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु। सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु- तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै र कहिल्यै कमजोर हुन दिने छैन किमार्थ टुट्न दिने छैन !!


    बुधवार, भाद्र १० २०७७०५:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij