Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारलाई प्रश्न– एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई किन नपठाएको ?

सरकारलाई प्रश्न– एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई किन नपठाएको ?

  • बुधवार, श्रावण ११ २०७९

  • 806
    SHARES

  • सरकारलाई प्रश्न– एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई किन नपठाएको ?
    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।
     
    बुधबार(आज) बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागी नहुने भनेर मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो ।
     
    समितिले ३ पटकसम्म सरकारका सम्बद्ध निकायहरूलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरेपनि नपाएकाले त्यसको पनि कारण मागेको छ । 
     
    सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेर परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पत्राचार गर्ने बताएको थियो । त्यस अनुसार गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । तर परराष्ट्र मन्त्रालयले हालसम्म अमेरिकालाई पत्र पठाएको छैन ।
     
    समितिले एसपीपीबारे आदान प्रदान भएका सबै दस्ताबेज पनि रक्षा मन्त्रालयसँग माग गरेको छ ।
     
    त्यस्तै, प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणको सम्बन्धमा पनि विभिन्न प्रकारका हल्लाहरू आएकाले भ्रमणको सम्बन्धमा आधिकारिक कुरा आगामी बैठकमा सम्बन्धित निकायलाई बोलाएर लिइने समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो । 
     


    बुधवार, श्रावण ११ २०७९०५:५१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij