Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बजेट प्रकरण : छानबिन समिति प्रतिवेदन लेख्दै, भोलि अन्तिम दिन

बजेट प्रकरण : छानबिन समिति प्रतिवेदन लेख्दै, भोलि अन्तिम दिन

  • बुधवार, श्रावण ११ २०७९

  • 728
    SHARES

  • बजेट प्रकरण : छानबिन समिति प्रतिवेदन लेख्दै, भोलि अन्तिम दिन
    काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको भनिएको विषयमा छानबिन गर्नका लागि गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन लेखन थालनी गरेको छ । बिहीबार(भोलि) समितिले पाएको थप एक साताको म्याद सकिँदै छ । 
     
    प्रतिवेदन तयार पारेर भोलि नै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी समितिको छ । समितिका सचिव सुरेन्द्र अर्यालले उठेका विषयहरूको अनुसन्धान तथा सम्बन्धित व्यक्तिसँग बयान लिने काम सकिएसँगै प्रतिवेदन लेख्न थालिएको बताउनुभयो । 
     
    यस बीचमा समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग करिब २ घण्टा बयान लिएको थियो भने सो क्रममा उहाँले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश नभएको बताउनुभएको थियो। यस्तै समितिले अर्थ मन्त्रालय सम्बद्ध कर्मचारीहरूसँग पनि बयान लिएको थियो । यस्तै सिसिटिभी फुटेजको अध्ययन गर्दा अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको समितिका अधिकारीहरू बताउँछन् । 
     
    सीसीटीभीको हार्डडिस्क समितिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। प्रहरीको प्रयोगशालाले फुटेज समितिलाई उपलब्ध गराए पनि कुनै पनि दृश्य प्रस्ट नदेखिएको बताइएको छ ।


    बुधवार, श्रावण ११ २०७९०२:३३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij