संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सरकार क्वारेन्टिन व्यवस्थापनमा चुकेको स्वीकार गर्नुभएको छ ।
आज मन्त्रालयमा गत ३ महिना अवधिमा मन्त्रालयले गरेको कामबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले क्वारेन्टिन व्यवस्थापनमा सरकारले जसरी काम गर्नुपथ्र्यो त्यसरी गर्न नसकेको बताउनुभयो ।
उनले भारतको सीमा कडाइ नगर्दा कोरोनाको ग्राफ उकालो लागेको बताउँदै खुला सीमाका कारण र क्वारेन्टिन केही अब्यवस्थित भएका कारण भाइरस संक्रमण बढेको उल्लेख गर्नुभयो । कोरोनाभाइरस संक्रमणका बीच विगत ३ महिनामा अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण काम नरोकेको उहाँको भनाइ छ ।