Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ४५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

नेप्सेमा ४५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

  • मंगलवार, श्रावण १० २०७९

  • 591
    SHARES

  • नेप्सेमा ४५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो 
    काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिनसम्म उच्च अंकले वृद्धि भएको नेप्सेमा साताको तेस्रो कारोबार दिन भने गिरावट भएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नु अगाडि घटेर बन्द भएको नेप्से मौद्रिक नीतिपछि आइतबार र सोमबार भने उच्च वृद्धि भएको थियो ।
     
    दुई कारोबार दिनमा नै ११५ अंकले बढेको नेप्सेमा साताको तेस्रो कारोबार दिन मंगलबार भने २ प्रतिशत भन्दा माथिको गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४४.८० अंक (२.१० प्रतिशत) ले गिरावट भएर २०८८.१६ अंकमा बन्द भएको छ । 
     
    मंगलबार नेप्से सँगै सबै उपसूचकमा गिरावट भएको छ । अन्य उपसूचक ३.५६ प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक २.९६ प्रतिशत, होटेल तथा पर्यटन र वित्त कम्पनी उपसूचक समान .७७ प्रतिशतले घटेको छन् । सोमबारको तुलनामा मंगलबार कारोबार रकम केही घटेपनि करिब ४ अर्ब पुगेको छ । मंगलबार बजारमा ८७ लाख ४० हजार ५५१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ५० लाखको कारोबार भएको छ । कारोबार भएकामध्ये शिवं सिमेन्टको सर्वाधिक १९ करोड ३९ लाखको कारोबार भएको छ । त्यस्तै अरुण कावेली पावरको १५ करोड ५७ लाखको कारोबार भएको छ ।
     
    मंगलबार कारोबार अवधिभर नेप्सेमा १८१ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १ कम्पनीको भने स्थिर छ । कारोबार भएकामध्ये मल्टिपर्पोस फाइनान्सको शेयर मूल्य ९.३२ प्रतिशतले वृद्धि हुँदा सूर्योदय वोमी लघुवित्तको ६.७२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य ६.१९ प्रतिशतले बढेको छ ।
     
    यता गणपति लघुवित्तको शेयर मूल्यमा ६.८२ प्रतिशतले गिरावट हुँदा रिभर्स फल्स हाइड्रोपावरको शेयर मूल्य ५.९९ प्रतिशतले गिरावट भएको छ ।
     


    मंगलवार, श्रावण १० २०७९०४:३१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij