Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा

क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा

  • आइतवार, श्रावण ८ २०७९

  • 521
    SHARES

  • क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा
    काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ ।
     
    योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गत शुक्रबारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा लिन नसकेपछि मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको हो ।
     
    ‘ओक फायर’ नाम दिइएको उक्त डढेलो नियन्त्रणमा अग्नि नियन्त्रकहरु सक्रिय छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । करिब एक दर्जन घरहरू नष्ट भइसकेका छन् ।
     
    डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ ।
     
    डढेलो योसेमिटी राष्ट्रिय निकुञ्जको उत्तरपूर्वमा छ । योसेमिटी राष्ट्रिय निकुञ्जलाई संसारकै सबैभन्दा ठूला र सबैभन्दा पुराना केही रेडउड रुखहरूको घरसमेत मानिन्छ । ती रुखहरु यही महिनाको सुरुमा पनि डढेलोको जोखिममा परेका थिए । तर अग्नि नियन्त्रकहरुले त्यो डढेलोबाट रुखहरूलाई जोगाउन सफल भएका थिए ।


    आइतवार, श्रावण ८ २०७९०१:४५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij