Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मंकिपक्सको जोखिम बढ्यो : डब्ल्यूएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा

मंकिपक्सको जोखिम बढ्यो : डब्ल्यूएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा

  • आइतवार, श्रावण ८ २०७९

  • 507
    SHARES

  • मंकिपक्सको जोखिम बढ्यो : डब्ल्यूएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकिपक्सका बिरामी फैलिरहेको भन्दै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। विश्व स्वास्थ्य संकटकाललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो चेतावनी मानिन्छ।

    मंकिपक्सका बिरामीको संख्यामा आएको तिब्र वृद्धिपछि डब्ल्यूएचओले यस्तो अलर्ट जारी गरेको हो। डब्ल्यूएचओका निर्देशक डा। टेड्रस एडहनम गेब्रिसियसले विश्वभरका ७५ देशमा मंकिपक्सका १६ हजार केस आएको जानकारी दिए।

    यसबाट अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ।

    यतिबेला दुई अन्य स्वास्थ्य संकटकाल जारी रहेको छ। एक करोना भाइरस महामारी र अर्को पोलियो। जसको अन्त्यका लागि लामो समयदेखि प्रयास जारी रहेको छ।


    आइतवार, श्रावण ८ २०७९०६:५०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij