Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुन्छ : खनाल

कांग्रेसले बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुन्छ : खनाल

  • शनिवार, श्रावण ७ २०७९

  • 1.3K
    SHARES

  • कांग्रेसले बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुन्छ : खनाल
    काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आउँदो निर्वाचनमा तालमेल हुन नसक्ने बताउनुभएको छ । 
     
    शनिबार काठमाडौंमा आयोजित एक कार्यकर्ता भेलामा उहाँले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल गर्न नसकिने स्पष्ट पार्नुभयो ।  तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उहाँले उल्लेख गर्नुभयोे । 
     
    नेपाली कांग्रेसप्रति लक्षित गर्दै नेता खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने बताउनुभयो । 
     
    उहाँले स्थानीय तहमा जसलाई बोक्यो, उसलै आउँदो निर्वाचनमा बहुमत ल्याए कम्युनिस्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क पनि गनुभयो । अहिले वाम एकताको खाँचो रहेको खनालले औँल्याउनुभयो । 
     
    उहाँले आउँदो निर्वाचनमा सम्भव भए वामपन्थी एकता गर्नुपर्ने भन्दै यसका लागि नेकपा ९एमाले०को नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताउनुभयो । सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए वामपन्थी एकता असम्भव नरहेको उहाँको भनाइ छ ।


    शनिवार, श्रावण ७ २०७९०८:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij