Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

श्रीलङ्काको प्रधानमन्त्री दिनेश गुणावर्धने नियुक्त

श्रीलङ्काको प्रधानमन्त्री दिनेश गुणावर्धने नियुक्त

  • शुक्रवार, श्रावण ६ २०७९

  • 515
    SHARES

  • श्रीलङ्काको प्रधानमन्त्री दिनेश गुणावर्धने नियुक्त

    काठमाडौं। श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् ।

    ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए ।

    उनी वामपन्थी महाजन एकथ पेरामुना (एमईपी) पार्टीका नेता हुन् ।


    शुक्रवार, श्रावण ६ २०७९०१:४८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij