काठमाडौं । जलवायु विज्ञ डाक्टर अरनिको पाँडेले आउँदो संसदीय चुनावमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।
बिहीबार सामाजिक सञ्जालबाट पाण्डेले प्रतिनिधि सभा चुनावमा ललितपुर(३ बाट स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको हो ।
‘बाहिर जति कराए पनि सल्लाहकार बनी जति कोसिस गरे पनि परिवर्तन ल्याउन आफैंले सदनबाट सरकारको जबाफदेहिता माग्नुपर्ने र सहमतिका साथ नीतिनियम बनाउनुपर्ने देखेर’ सांसदमा उम्मेदवारी दिन लागेको पाँडेले उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, 'आगामी चुनावमा ललितपुर-३ बाट स्वतन्त्र उम्मेदवार भई चुनावी मैदानमा उत्रिन तयारी गर्दैछु। मैले जलवायु परिवर्तन, वातावरण र दिगो विकासजस्ता क्षेत्रमा देश विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु। यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु।'