Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीमाथिको छानबिन समितिको म्याद ७ दिन थप

अर्थमन्त्रीमाथिको छानबिन समितिको म्याद ७ दिन थप

  • बिहिवार, श्रावण ५ २०७९

  • 529
    SHARES

  • अर्थमन्त्रीमाथिको छानबिन समितिको म्याद ७ दिन थप
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।
     
    आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।
     
    सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो । 
     
    सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राख्नुभएको थियो । त्यसलाई बैठकले अनुमोदन गरेको छ ।
     


    बिहिवार, श्रावण ५ २०७९०४:५६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij