Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले लिए शपथ

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले लिए शपथ

  • बिहिवार, श्रावण ५ २०७९

  • 425
    SHARES

  • श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले लिए शपथ

    काठमाडौं । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् ।

    ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए ।

    श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक भएका थिए ।

    यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलीजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलीजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।

     


    बिहिवार, श्रावण ५ २०७९०१:५९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij