Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री प्रकरण : छानबिन समितिसँग पत्रकारद्वयले भने हामीसँग प्रमाण छ, तर दिन मिल्दैन

अर्थमन्त्री प्रकरण : छानबिन समितिसँग पत्रकारद्वयले भने हामीसँग प्रमाण छ, तर दिन मिल्दैन

  • बुधवार, श्रावण ४ २०७९

  • 7.4K
    SHARES

  • अर्थमन्त्री प्रकरण : छानबिन समितिसँग पत्रकारद्वयले भने हामीसँग प्रमाण छ, तर दिन मिल्दैन
    काठमाडौं । अर्थमन्त्रीमाथि छानबिन गर्न गठित संसदीय समितिले अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकारसँग सोधपुछ गरेको छ । आज सिंहदरबारमा भएको बैठकमा उनीहरूलाई बोलाएर समितिले सोधपुछ गरेको हो ।
     
    समितिका सदस्यहरूले पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग करिब साढे दुई घण्टा कुराकानी गरेका थिए । उनीहरूको प्रश्नमा दुवै पत्रकारले आफूहरू समाचारको विश्वसनीयतामा निर्धक्क रहेको बताएका छन् । तर, उनीहरूले समाचारको स्रोत नखोल्ने बताएका छन् ।
     
    ‘हामी आफ्नो समाचार स्रोतप्रति पूर्ण विश्वस्त छौं । तर, पत्रकारिताको मान्यताअनुसार हामीले आफ्नो स्रोतलाई जोगाउनुपर्छ । त्यसैले स्रोत खोल्न असमर्थ छौं’, पत्रकारद्वयको भनाइ थियो ।
     
    समितिका सदस्यहरूले पत्रकारद्वयलाई समाचारको स्रोत खोल्न थप दबाब भने दिएनन् । उनीहरू आफूले गलत समाचार लेखेको महसुस भएको छ कि छैन भनेर सोधेका थिए । पत्रकारहरूले त्यस्तो महसुस नगरेको बताए ।
     
    बयानपश्चात् पत्रकार थापाले आफूहरूसँग समाचार स्रोतका अलावा अर्थमन्त्रीविरुद्ध अन्य प्रमाणहरू पनि भएको बताइन् ।
     
    ‘जेठ १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको घुसपैठ भएको यथेष्ट प्रमाण पाएपछि नै समाचार लेखेका हौं । तर, प्रमाण सार्वजनिक गर्न मिल्दैन’, उनले भनिन् । समितिलाई पनि यही भनेको थापाले बताइन् ।
     
    काफ्ले र थापाको बाइलाइनमा अन्नपूर्ण पोष्टमा पहिलो पटक अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार प्रकाशित भएको थियो । सोही समाचारबाट उत्पन्न भएको विवादपछि अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिन बाध्य भएका थिए । अन्नपूर्ण पोष्टले अहिलेसम्म समाचार पुष्टि हुने कुनै प्रमाण भने सार्वजनिक गरेको छैन ।
     
    समितिले कान्तिपुर दैनिकका पत्रकारसँग पनि सोधपुछ गर्न चाहेको थियो ।
     


    बुधवार, श्रावण ४ २०७९०६:३७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij