Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेकपा कालका बहुमत सचिवालय सदस्य छलफलमा, बाबुराम पनि सहभागी हुने

नेकपा कालका बहुमत सचिवालय सदस्य छलफलमा, बाबुराम पनि सहभागी हुने

  • मंगलवार, श्रावण ३ २०७९

  • 1.0K
    SHARES

  • नेकपा कालका बहुमत सचिवालय सदस्य छलफलमा, बाबुराम पनि सहभागी हुने
    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सांसद वामदेव गौतमबिच छलफल भएको छ।
     
    मंगलबार साँझ सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उनीहरू छलफलमा जुटेका हुन्।
     
    छलफलमा सांसद बाबुराम भट्टराई पनि सहभागी हुने बताइएको छ। 
     
    यसअघि आज बिहान भट्टराई र प्रचण्डबीच त्यही ठाउँमा बैठक भएको थियो। छलफलमा समाजवादी केन्द्र बनाउनेबारे कुरा भएको बताइएको छ।
     
    अहिले छलफल गरिरहेकाहरू सबै तत्कालीन नेकपामा सचिवालय सदस्य थिए।


    मंगलवार, श्रावण ३ २०७९०५:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij