Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मलेसियामा फेरि कोरोना संक्रमित बढ्दै, थप ७ जनाको मृत्यु

मलेसियामा फेरि कोरोना संक्रमित बढ्दै, थप ७ जनाको मृत्यु

  • मंगलवार, श्रावण ३ २०७९

  • 652
    SHARES

  • मलेसियामा फेरि कोरोना संक्रमित बढ्दै, थप ७ जनाको मृत्यु
    एजेन्सी । मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या थप बढेको छ । पछिल्लो २४ घण्टायता मात्र यहाँ तीन हजारभन्दा बढी संक्रमित थपिएका बताइएको छ ।
     
    मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्लो २४ घण्टामा तीन हजार ८० संक्रमित थपिएको जनाएको छ । साथै, सो संक्रमणका कारण पछिल्लो घण्टायता ७ जनाको ज्यान पनि गएको जनाइएको छ ।
     
    यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । ३५ हजार ८६५ को ज्यान गएको छ ।
     
    यहाँका स्वास्थ्य अधिकारीहरूले पछिल्ला केही हप्तायता संक्रमितहरूको संख्या बढेको र अस्पताल भर्ना हुनेहरू पनि बढेका जनाएका छन् ।
     
    मलेसियामा अहिले पनि ४२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्डहरू अपनाउन भनेका छन् ।


    मंगलवार, श्रावण ३ २०७९०१:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij