Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

करारका कर्मचारी नहटाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह

करारका कर्मचारी नहटाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह

  • मंगलवार, श्रावण ३ २०७९

  • 752
    SHARES

  • करारका कर्मचारी नहटाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह
    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन स्थानीय तहहरूलाई आग्रह गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँपालिका र नगरपालिकाहरूलाई करारका कर्मचारी नहटाउन आग्रह गरेको हो।
     
    देशका विभिन्न पालिकाहरूले यसअघि करारमा नियुक्त भएका कर्मचारीहरूको करार अवधि नथपेपछि यस्तो आग्रह गरिएको हो। ती स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि करारका कर्मचारीको म्याद साउन १ गतेदेखि थप गरेका थिएनन्।
     
    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक र  प्राविधिक सहायकको करार सम्झौता पनि स्थानीय तहले भंग गरिदिएपछि प्रधानमन्त्री रोजगार केन्द्रले त्यसो नगर्न भनेको छ।
     
    रोजगार संयोजक तथा प्राविधिकहरूको तलब भत्तादेखि अन्य सेवा सुविधा केन्द्र सरकारबाट दिने गरिएको उल्लेख गर्दै राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले सशर्त अनुदान कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमका कर्मचारी नहटाउन आग्रह गर्नुभएको छ।
     
    PM-Rojgar-prgm-notice.jpg
     


    मंगलवार, श्रावण ३ २०७९१२:३५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij