Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

न्यायपरिषद्‍ले लियो अर्को एक्सन, थप दुई न्यायाधीशलाई बर्खास्त 

न्यायपरिषद्‍ले लियो अर्को एक्सन, थप दुई न्यायाधीशलाई बर्खास्त 

  • सोमवार, श्रावण २ २०७९

  • 1.0K
    SHARES

  • न्यायपरिषद्‍ले लियो अर्को एक्सन, थप दुई न्यायाधीशलाई बर्खास्त 
    काठमाडौं । न्यायपरिषद् बैठकले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ । न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले न्यायाधीशहरू राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो।
     
    निधि उच्च अदालत महेन्द्रनगरको न्यायाधीशमा कार्यरत छन् भने शर्मा जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए । न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरू बर्खास्तमा पर्नेछन् ।
     
    यसअघि पनि समितिले ३ न्यायाधीशलाई बर्खास्तीको सिफारिस गरेको थियो भने एक जनालाई सचेत गराएको थियो । कार्यसम्पादनमा कैफियत तथा खराब आचरण देखिएका न्यायाधीशमाथि परिषद् आक्रामक देखिएको छ ।
     


    सोमवार, श्रावण २ २०७९०५:५३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij