Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठक बस्दै 

कांग्रेस पदाधिकारी बैठक बस्दै 

केन्द्रीय समिति बैठकका निर्णयको ड्राफ्ट तयार पार्ने 
  • आइतवार, श्रावण १ २०७९

  • 844
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक बस्दै 
    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । आइतबार(आज) दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। 
     
    गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा शनिबार नेताहरू बोल्ने क्रम सकिएको छ । पदाधिकारी बसेर आज बैठकका निर्णयको मस्यौदा तयार पार्न लागेका हुन् । बैठकमा सभापति शेरबहादुर देउवाको सहभागिता नरहने पौडेलले बताउनुभयो ।
     
    पदाधिकारीले बैठकका निर्णयको मस्यौदा तयार पारेर सोमबार दिउँसो ३ बजे बस्ने बैठक पेस गरिनेछ ।  बैठकमा संकट उन्मुख अर्थतन्त्रका विषयमा पार्टीले सरकारलाई सुझाव दिने र आगामी निर्वाचनमा पनि गठबन्धनको निरन्तरता रहने सन्देश दिने बुझिएको छ । यस्तै कांग्रेसले नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता तयारी छ  । पौडेलका अनुसार विभाग तथा समिति गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन तथा पूर्णता दिने र पार्टीको मर्यादा क्रमका विषयमा छलफल हुनेछ ।


    आइतवार, श्रावण १ २०७९०१:१६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij