Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओली-प्रचण्ड छलफल : पार्टीको एकताको मर्म अनुसार अघि बढ्ने समझदारी

ओली-प्रचण्ड छलफल : पार्टीको एकताको मर्म अनुसार अघि बढ्ने समझदारी

  • शुक्रवार, आषाढ १९ २०७७

  • 870
    SHARES

  • ओली-प्रचण्ड छलफल : पार्टीको एकताको मर्म अनुसार अघि बढ्ने समझदारी

    काठमाडौँ ।  सत्तारुढ नेपाल कम्यु्निस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्षकमल दाहाल प्रचण्डले पार्टीको एकताको मर्म अनुसार अघि बढ्ने समझदारी गरेका छन् ।

    पार्टी भित्र आन्तरिक विवाद बढ्न थालेपछि आज बालुवाटारमा भएको छलफल पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेको र छलफल सकारात्मक रहेको जनाइएको छ ।

    बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।

    पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन छलफल भएको हो ।

    गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपछि विवाद थप उचाइमा पुगेको छ ।

    विवादकै कारण स्थायी समिति बैठक भोलीसम्म स्थगित भएको छ भने योबीचमा सहमति जुटाउने जिम्मा ओली र प्रचण्डलाई दिइएको छ ।


    शुक्रवार, आषाढ १९ २०७७०३:५२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij