काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको बताउनुभएको छ ।
शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले हतियार किन्न पैसा नै नभएको बताउनुभयो ।
‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो,’ गृहमन्त्री खाँणले भन्नुभयोे, ‘हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’
उहाँले हतियार किन्ने प्रक्रिया अघि नबढ्ने र हतियार नकिनिने पनि बताउनुभएको छ ।