काठमाडौं । गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत ‘हुन्छ खोसा खोस’ सार्वजनिक भएको छ ।गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा सागर लम्साल, मञ्जिल बस्नेत, प्रिज्मा–प्रिन्सी खतिवडाको अभिनय रहेको छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा सागर र प्रिज्माले जोडी बाँधेका छन् भने मञ्जिलसँग प्रिन्सीको जोडी देखाइएको छ ।
भद्रगोल तथा सक्किगोनीबाट चर्चामा आएका सागर लम्साल ‘बले’ र टिकटकबाट आएका मञ्जिल तथा प्रिज्मा–प्रिन्सी चार जनाले दोस्रो पटक भिडियोमा एकसाथ काम गरेका हुन् । उनीहरुले यस अघि ‘रनभुल’ बोलको गीतमा सँगै काम गरेका थिए ।
प्रिज्मा–प्रिन्सीसँग सागरले मात्र भने आधा दर्जन बढि भिडियो गरिसकेका छन् । राजिव समरको निर्देशन तथा करियोग्राफी रहेको भिडियोलाई रामकुमार केसीले खिचेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा कलर गरेका हुन् । रिजन नेपालको आधिकारिक यटुव च्यानलबाट बजारमा आएको हो ।