Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एम अधिकारी गभर्नर होइनन् : एमालेको स्पष्टीकरण 

एम अधिकारी गभर्नर होइनन् : एमालेको स्पष्टीकरण 

  • बिहिवार, आषाढ ३० २०७९

  • 1.0K
    SHARES

  • एम अधिकारी गभर्नर होइनन् : एमालेको स्पष्टीकरण 
    काठमाडौं। नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको छ । एम अधिकारी राष्ट्र बैङ्क गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोचना भइरहेको छ ।

    यता, आफ्नो नाम जोडेर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताउनुभएको छ ।

    उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गर्नुभएको छ ।

    तर, स्पष्टीकरण पत्रमा एम अधिकारी गभर्नर होइनन् भनिए पनि अरू केही बताइएको छैन । पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।


    बिहिवार, आषाढ ३० २०७९०१:४६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij