काठमाडौं । मंगलबार साढे ११ अङ्कले बढेको शेयर बजार बुधबार(आज) पनि ५९ अङ्कभन्दा धेरैले उकालो लागेको छ । आज ५९.५४ अंकले बढेको बजार १९८६.८२ बिन्दुमा पुगेर रोकिएको छ । आज ३.०९ प्रतिशतले बजार बढेको हो ।
आज कुल २२५ वटा कम्पनीको ३२ हजार ७८२ वटा कारोबारबाट ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको भएको छ ।
आज सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् । नेपाल फाइनान्स र रिलायन्स फाइनान्समा आज पोजेटिभ सर्किट लाग्यो । सीइडीबी हाइड्रो, कर्पोरेट विकास बैंकसहित करिब एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।