Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गुरुपूर्णिमाको अवसरमा ‘गुरु तिमी हाम्रा मार्गदर्शक’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

गुरुपूर्णिमाको अवसरमा ‘गुरु तिमी हाम्रा मार्गदर्शक’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

  • बुधवार, आषाढ २९ २०७९

  • 1.2K
    SHARES

  • गुरुपूर्णिमाको अवसरमा ‘गुरु तिमी हाम्रा मार्गदर्शक’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । अँध्यारोबाट उज्यालो तर्फ डोर्याउने जीवनका मार्गदर्शक गुरुहरूमा समर्पित गीत 'गुरु तिमी हाम्रा मार्गदर्शक...' सार्वजनिक भएको छ । गुरुपूर्णिमाको अवसरमा भक्तपुरको कौशलटारमा रहेको आदर्श जनप्रेमी स्कुलले गीत निर्माण गरेर आज सार्वजनिक गरेको हो ।

    गीतमा संजय खड्का र गोपाल खड्काको शब्द, सन्तोष सानुको आवाज, भुपेन्द्र रायमाझीको संगीत र बिक्रम बस्नेतको दृश्य सम्पादन रहेको छ । आदर्श जनप्रेमीका प्रधानाध्यापक निलेश आचार्यले जीवनका मार्गदर्शक सम्पूर्ण गुरुहरूको सम्मानमा गीत निर्माण गरिएको बताए ।

    गीतले गुरु र गुरुत्वप्रति कृतज्ञता प्रकट गर्नुका साथै जीवनपयोगी, व्यावहारिक र वैज्ञानिक शिक्षण प्रणाली तर्फ उन्मुख हुन पनि उत्प्रेरित गरेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।

     


    बुधवार, आषाढ २९ २०७९०९:४८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij