काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा आफूले शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गर्नुभएको छ ।
१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उहाँको भनाइ छ । पार्टी सभापतिका लागि अरु नेताहरुको दाबी रहे पनि देउवालाई पराजित गर्ने ग्यारेन्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उहाँले बताउनुभयो ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताउनुभएको हो । यद्यपि सभापतिको उम्मेदवार बन्न संस्थापनइतरको समूहमा धेरै नेताहरुको दाबी रहेको स्वीकार गर्नुभयो ।
रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको नाम लिनुभएको उहाँले सबै मिलेर एक जना उम्मेदवार बन्नुपर्ने बताउनुभएको छ ।