Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्से ११.६८ अंकले बढ्यो, १ अर्ब ७० करोडको कारोबार

नेप्से ११.६८ अंकले बढ्यो, १ अर्ब ७० करोडको कारोबार

  • मंगलवार, आषाढ २८ २०७९

  • 604
    SHARES

  • नेप्से ११.६८ अंकले बढ्यो, १ अर्ब ७० करोडको कारोबार
    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक नेप्सेमा झिनो सुधार भएको छ । पहिलो कारोबार दिन सोमबार उच्च अंकले घटेको शेयर बजार मंगलबार ११.६८ अंकले बढेर बजार १९२७.२८ बिन्दुमा रोकियो ।
     
    कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा समेत सोमबारको तुलनामा वृद्धि देखिएको छ । मंगलबार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै होटेल र पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।
     
    मंगलबार सप्तकोसी विकास बैंकको मूल्य सबैभन्दा धेरै ९.३५ प्रतिशतले बढेर २३४ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, यूनाइटेड इन्स्योरेन्स, सनराइज फस्ट म्यूचअल फण्ड, अरुण काबेली पावरसहितका कम्पनीको शेयर मूल्य धेरैले बढेको छ । यस दिन नयाँ सारथि लघुवित्त वित्तीय संस्था, आरबीबी म्यूचअल फण्ड, नविल इक्विटी फण्डलगायतको मूल्य भने धेरैले घट्यो । अरुण काबेली पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।
     


    मंगलवार, आषाढ २८ २०७९०३:२३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij