Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२ अर्ब रुपैयाँमा किने रणवीरले सलमान खानको नजिकै घर

२ अर्ब रुपैयाँमा किने रणवीरले सलमान खानको नजिकै घर

  • मंगलवार, आषाढ २८ २०७९

  • 598
    SHARES

  • २ अर्ब रुपैयाँमा किने रणवीरले सलमान खानको नजिकै घर

    काठमाडौं । बलिउडका एक्टर रणवीर सिंहले मुम्बईको बान्द्रामा करिब १ सय १९ करोड भारतीय रूपैयाँ (करिब २ अर्ब नेपाली रुपैयाँ)मा घर किनेका छन्।

    उनले किनेको नयाँ घर बलिउडका दुई स्टार सलमान खान र शाहरुख खानको घरसँगै छ । अर्थात् रणवीर र दीपिका पादुकोण अब उनीहरूको छिमेकी बन्दैछन् । उनको घर मन्नत अर्थात् शाहरुख खानको निवास र ग्यालेक्सी अपार्टमेन्ट अर्थात् सलमान खानको निवासको बीचमा छ।

    ओह फाइभ ओह मिडिया वकर्स एलएलपीले रणवीरसँग बान्द्राको सागर रेशम नामको भव्य भवनका लागि पनि सम्झौता गरेको छ। यो १६, १७, १८ र १९ औं तल्लामा फैलिएको छ।

    रणवीरको यो अपार्टमेन्ट बान्द्राको बिजे रोड ब्यान्डस्टेशनमा छ। उनको घर ११ हजार २ सय ६६ स्क्वायर फिटमा छ जसमा १ हजार ३ सय स्क्वायर फिटको बार्दली र बगैँचा छ।


    मंगलवार, आषाढ २८ २०७९१२:३२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij