Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भागीरथ चलाउने र सुनिता बुढाको ‘झमझम झुम्काना’ युट्युबको ट्रेडिङ एकमा (भिडियोसहित)

भागीरथ चलाउने र सुनिता बुढाको ‘झमझम झुम्काना’ युट्युबको ट्रेडिङ एकमा (भिडियोसहित)

  • मंगलवार, आषाढ २८ २०७९

  • 1.4K
    SHARES

  • भागीरथ चलाउने र सुनिता बुढाको ‘झमझम झुम्काना’ युट्युबको ट्रेडिङ एकमा (भिडियोसहित)

    काठमाडौं । तीज आउन करीब डेढ महिना बाँकी रहे पनि युट्युबको बजारमा तीजको रौनक सुरु भएको छ । यस वर्षको तीज सुरु नहुँदै युट्युबमा तीज लक्षित गीत आउन थालेका छन् ।

    युवा सर्जक तथा गायक भागीरथ चलाउनेको नयाँ तीज गीत ‘झमझम झुम्काना’ छोटो समयमै युट्युबमा सबैभन्दा चर्चाको शिखरमा पुगेको छ । ४ दिनअघि मात्रै सार्वजनिक ‘झमझम झम्काना’ बोलको तीज गीतले दर्शकको मन जितेको छ ।

    यो गीतको भिडिओले युट्युब ट्रेडिङको पहिलो स्थान ओगट्न सफल भएको छ । गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । यसै गीतमा करीब एक लाखले टिकटकमा भिडियो पनि बनाइसकेको गायक चलाउनेको दाबी छ ।

    गीतलाई युट्युबमा अहिलेसम्म साढे ७ लाखले हेरिसकेका छन् । गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । बोमबहादुर गाहा मगरले शब्द सिर्जना गरेका हुन् । गीतको लय भने गायक चलाउनेकै रहेको छ ।

     


    मंगलवार, आषाढ २८ २०७९१०:५०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij