Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मेयर शाक्यलाई गगनको सुझावः कोरोना रोकथामका लागि संघीय र प्रदेश सांसदसँग सहकार्य गर्नुस्

मेयर शाक्यलाई गगनको सुझावः कोरोना रोकथामका लागि संघीय र प्रदेश सांसदसँग सहकार्य गर्नुस्

  • सोमवार, भाद्र ८ २०७७

  • 1.1K
    SHARES

  • मेयर शाक्यलाई गगनको सुझावः कोरोना रोकथामका लागि संघीय र प्रदेश सांसदसँग सहकार्य गर्नुस्

    काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ काठमाडौं महानरपालिकाको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

    आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिन सुझाव दिनुभएको छ ।

    महानगरभित्र परीक्षणको दायर साँघुरो रहेको र कन्ट्याक्ट ट्रेसिङ पनि सुस्त भएको भन्दै यसलाई चुस्त बनाउन आवश्यक जनशक्ति थप गर्न पनि थापाले आग्रह गर्नुभएको छ ।

    अस्पतलाको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व भएपनि आइसोलेशनको जिम्मा स्थानीय सरकारको भएकाले काठमाडौंका अन्य गरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेशनको व्यवस्थापन गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।

    यी हुन् महानगरलाई गगन थापाले दिएका सुझावहरुः

    EgKMB_eUEAAfmcY.jpg

     


    सोमवार, भाद्र ८ २०७७१०:४२:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij