नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्वप्रति आक्रोशित हुनुभएको छ ।
नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६औँ जन्म जयन्तीको अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित हुनुभएको हो ।
उहाँले नेविसंघले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गर्नुभयो ।