Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यौन हिंसाका दोषीलाई सजाय बढाउन कांग्रेस सांसद संग्रौलाको माग

यौन हिंसाका दोषीलाई सजाय बढाउन कांग्रेस सांसद संग्रौलाको माग

  • सोमवार, आषाढ २७ २०७९

  • 590
    SHARES

  • यौन हिंसाका दोषीलाई सजाय बढाउन कांग्रेस सांसद संग्रौलाको माग
    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले सरकारले संसदमा पेस गरेको ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि जनाउनुभएको छ । 
     
    सांसद संग्रौलाले सो विधेयक बलात्कारजस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । 
     
    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालमा भयावह ढंगले बढिरहेका त्यस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय मापदण्ड र संयुक्त राष्ट्र संघको उदाहरणलाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने माग समेत गर्नुभयो । 
     
    सांसद संग्रौलाले बलात्कारका घटना ५० प्रतिशत मात्र प्रहरीकोमा पुग्ने र ५० प्रतिशत सहेरै बस्ने स्थिति रहेको बताउनुभयो । कानुन सुधार गरी त्यस्ता घटना अनुसन्धानको दायरामा आउने वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।


    सोमवार, आषाढ २७ २०७९०३:१३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij