Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भ्रातृ संस्थालाई पूर्णता दिन कोइराला समूहको माग, माग पुरा नभए प्रदर्शन गर्ने तयारी

भ्रातृ संस्थालाई पूर्णता दिन कोइराला समूहको माग, माग पुरा नभए प्रदर्शन गर्ने तयारी

  • आइतवार, आषाढ २६ २०७९

  • 587
    SHARES

  • भ्रातृ संस्थालाई पूर्णता दिन कोइराला समूहको माग, माग पुरा नभए प्रदर्शन गर्ने तयारी

    काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्थालाई पूर्णता नपाएको विषयमा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवामाथि दबाब सृजना गर्ने भएको छ ।

    काठमाडौंको विशालनगरमा कोइराला समूहको बैठक बसेको थियो । सो समूहले नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णयमा पुगेको हो ।

    शेखर समूहले पार्टी नेतृत्वको र सरकारको काम कारबाहीबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको छ । काँग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

    उक्त बैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर समूहले भ्रातृ संस्थाको पूर्णताको माग राखेर प्रदर्शनको तयारी गरेका हुन् ।


    आइतवार, आषाढ २६ २०७९०६:३८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij