काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आगामी प्रदेश र संघको चुनावसम्म यहीँ गठबन्धन नै कायम हुने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले गठबन्धनमा कुनै समस्या नआउँदासम्म अर्को गठबन्धन बनाउने अवस्था नरहेको बताउनुभयो ।
एमालेले विगतमा गरेको गल्तीको आत्मसमीक्षा नगरेकाले सहकार्य गर्ने सम्भावना नरहेको गुरुङले बताउनु्भयो ।
यदि एमालेले गम्भीर आत्मसमीक्षा गरेमा पुनः सहकार्य हुने ढोका भने खुला रहेको गुरुङले बताउनुभयो ।