Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेस पदाधिकारी बैठकले टुंग्यायो भ्रातृ संस्थाको विधानको मस्यौदा 

काँग्रेस पदाधिकारी बैठकले टुंग्यायो भ्रातृ संस्थाको विधानको मस्यौदा 

  • आइतवार, आषाढ २६ २०७९

  • 602
    SHARES

  • काँग्रेस पदाधिकारी बैठकले टुंग्यायो भ्रातृ संस्थाको विधानको मस्यौदा 
    काठमाडौं । नेपाली काँग्रेसले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।  
     
    कांग्रेसमा १३ वटा भ्रातृ र १९ वटा शुभेच्छुक संस्था रहेका छन् । जसमा केही थपघट हुने गरी मंस्यौदा तयार गरिएको बताइएको छ । 
     
    यस्तै सोमबारको केन्द्रीय समितिको तयारीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग थप छलफल गरिने भएको छ। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग आजै छलफल हुने महतले बताउनुभयो । 


    आइतवार, आषाढ २६ २०७९०५:१६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij