Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठक सानेपामा सुरु, शेखर समूह भने छुट्टै छलफलमा

कांग्रेस पदाधिकारी बैठक सानेपामा सुरु, शेखर समूह भने छुट्टै छलफलमा

  • आइतवार, आषाढ २६ २०७९

  • 613
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक सानेपामा सुरु, शेखर समूह भने छुट्टै छलफलमा
    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बैठक बसिरहेको काँग्रेस एक नेताले बताएका छन् । 
     
    उनका अनुसार भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र भ्रातृ तथा शुभेच्छुक संस्थाका सन्दर्भमा पार्टी कार्यालय सानेपामा छलफल भइरहेको छ । 
     
    बैठकमा संस्थापन पक्षमा नेताहरू मात्र सहभागी छन् । तर शेखर कोइराला समूह उनको निजी सचिवालयमा आन्तरिक छलफलमा छ ।
     
    कोइराला पक्षीय उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे सानेपा बैठकमा सहभागी नरहेको पदाधिकारी बैठकमा सहभागी एक नेताले बताए । बैठकमा संस्थापन पक्षीय पदाधिकारीका साथै केन्द्रीय कार्यसम्पादन समिति सदस्य एनपी साउद, जीवनबहादुर शाही पनि सहभागी छन् ।
     


    आइतवार, आषाढ २६ २०७९०३:४०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij