Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

श्रीलंका संकट : चार मन्त्रीले दिए राजीनामा, राष्ट्रपति निवासबाट लाखौँ रकम बरामद

श्रीलंका संकट : चार मन्त्रीले दिए राजीनामा, राष्ट्रपति निवासबाट लाखौँ रकम बरामद

  • आइतवार, आषाढ २६ २०७९

  • 827
    SHARES

  • श्रीलंका संकट : चार मन्त्रीले दिए राजीनामा, राष्ट्रपति निवासबाट लाखौँ रकम बरामद

    एजेन्सी । आर्थिक मन्दीको सामना गरिएको श्रीलंकाले केही महिनादेखि सबैको ध्यान तानिरहेको छ । गहिरो आर्थिक संकटले खाद्यान्न, औषधि र इन्धनको आयातको लागि रकम तिर्न संघर्ष गरिरहेका श्रीलंकाली जनता अति भएपछि अन्ततः सडकमा ओर्लेका हुन् ।

    शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेले संसद्का सभामुखलाई आफूले अर्को साता राजीनामा दिने बताएका थिए । तर, जनताको आक्रोश यतिकैमा थामिएन । हिजो शनिबार एकाएक प्रदर्शनकारीहरूले राष्ट्रपतिको भवन कब्जा गरे भने प्रधानमन्त्रीको निजी निवासमा आगलागी गरेपछि श्रीलंकाको अवस्था सरकारविहीन जस्तै देखिएको छ ।

    हालसम्म रनिल विक्रमासिङ्घेको सरकारका चौथो मन्त्रीले राजीनामा दिएका छन् । लगानी प्रवद्र्धनमन्त्री धम्मीका पेरेराले आज पद त्यागेका हुन् । पछिल्ला दुई दिनमा हरिन फर्नान्डो, मानुषा नानायकारा र बन्दुला गुणवर्देनासहित चार मन्त्रीले राजीनामा दिइसकेका छन् ।

    यता प्रहरीले एक दिनअघि प्रधानमन्त्री विक्रमासिङ्घेको निजी निवासमा आगजनी गरेको आरोपमा आइतबार तीन जनालाई पक्राउ गरेको छ । मिडिया रिपोर्टहरूका अनुसार व्यापक सरकारविरोधी प्रदर्शनको बीचमा उनीहरूलाई गिरफ्तार गरिएको हो । देशमा अभूतपूर्व आर्थिक संकटलाई लिएर व्यापक जनविरोधको बीचमा शनिबार आक्रोशित प्रदर्शनकारीहरूको एक समूहले क्याम्ब्रिज प्लेसस्थित विक्रमासिङ्घेको निजी निवासमा प्रवेश गरी आगजनी गरेका थिए ।

    श्रीलंकाका राष्ट्रपतिको ठेगाना अज्ञात, प्रदर्शनकारी अझै उनको निवासमा

    श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीहरूले आइतबार पनि राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिङ्घेको निवास कब्जा गर्ने काम जारी राखेका छन् । उनीहरूले देशको गम्भीर आर्थिक संकटको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।

    यता आम नागरिक अझै पनि विवादित राष्ट्रपतिको ठेगानाबारे अन्धकारमा नै छन् ।

    राष्ट्रपति राजापाक्षेको घरबाट लाखौँ रुपैयाँ फेला

    देशको सबैभन्दा खराब आर्थिक संकटको बीचमा शनिबार राष्ट्रपति राजापाक्षेको घरमा आक्रमण गर्ने प्रदर्शनकारीहरूले हवेलीबाट ठूलो रकम बरामद गरेको स्थानीय मिडियालाई उद्धृत गर्दै एनडीटीभी इण्डियाले जनाएको छ । श्रीलंकाको दैनिक पत्रिका डेली मिररका अनुसार बरामद गरिएको उक्त रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ ।

    श्रीलंकामा शनिबारको उथलपुथलपछि सामाजिक सञ्जालमा धेरै नाटकीय भिडियोहरू अपलोड भएका छन् । जहाँ हजाराँं प्रदर्शनकारीहरूले कोलम्बोको राजधानीमा उनको निवासमा आक्रमण गरेको देखिन्छ ।

    वर्तमान परिस्थितिलाई सम्बोधन गर्दै संयुक्त राज्य अमेरिकाले श्रीलंकाका नेताहरूलाई आर्थिक स्थायित्व हासिल गर्न छिटो काम गर्न आग्रह गरेका छन् । राष्ट्रपतिलाई उनको निवासबाट लखेट्ने र उनको राजीनामाको घोषणापछि अमेरिकाले आइतबार श्रीलंकाली नेताहरूलाई दीर्घकालीन समाधान खोज्नका लागि छिटो कदम चाल्न आग्रह गरेको छ । कुनै पनि नयाँ सरकारले दीर्घकालीन आर्थिक स्थायित्व हासिल गर्ने र श्रीलंकाका जनताको असन्तुष्टिलाई सम्बोधन गर्ने समाधानहरू पहिचान गर्न र कार्यान्वयन गर्न राज्य विभागका प्रवक्ताले आग्रह गरेका हुन् ।

    यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले श्रीलंकामा चलिरहेको घटनाक्रमलाई नजिकबाट अनुगमन गरिरहेको बताएको छ । आईएमएफले राजनीतिक संकट छिट्टै समाधान हुने विश्वास गर्दै श्रीलंकालामा कोषअन्तर्गतका कार्यक्रम पुनः सुरु गर्ने बताएको छ ।


    आइतवार, आषाढ २६ २०७९०२:५४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij