Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

सांसद बोल्दाबोल्दै माइक बिग्रिएपछि...

सांसद बोल्दाबोल्दै माइक बिग्रिएपछि...

  • आइतवार, आषाढ २६ २०७९

  • 490
    SHARES

  • सांसद बोल्दाबोल्दै माइक बिग्रिएपछि...
    काठमाडौं । गण्डकी प्रदेशसभाको माइक बिग्रिएपछि संसद् बैठक स्थगित भएको छ । सांसद बोल्दाबोल्दै आइतबार(आज) माइक बिग्रिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद् बैठक समस्या समाधान नहुँदासम्मलाई स्थगित गर्नुभएको छ ।
     
    आज जनता समाजवादी पार्टी (जसपा) सचेतक धनमाया लामा पोखरेल बोलिरहनुभएको थियो । उहाँ बोल्दाबोल्दै माइक बिग्रियो । उहाँलाई एक छिन रोकेर सभामुख अधिकारीले समस्या समाधान गर्न कर्मचारीलाई भन्नुभयो ।
     
    फेरि आफ्ना धारणा राख्न सभामुखले सांसद पोखरेललाई समय दिनुभयो । माइक बिग्रिएपछि उहाँले बिना माइक आफ्ना कुरा राख्नुभयो र उहाँ बिदा हुनुभयो ।
     
    गण्डकी प्रदेशसभामा गत २० असारदेखि आगामी आर्थिक वर्ष २०७९८० को बजेटमाथिको छलफल जारी छ ।


    आइतवार, आषाढ २६ २०७९०२:५१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij